हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्वाचीत हुनुभएको हो । एनआरएनए हङकङको निर्वाचन आयोगका अनुसार नयाँ कार्यसमितिमा विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, सचिव १, कोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १ र सदस्य […]
टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिला फोरम जापानको संयोजक रहेर निकै सक्रियतापूर्वक जिम्मेवारी सम्माल्नु भएको श्रेष्ठ एनआरएन अभियानमा समेत निकै सक्रिय हुनुहुन्छ । विशेष गरि […]
बहराईन: गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशनले लक्ष्मी गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्बाचित गरेको छ । निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षत्री, द्धितिय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषध्यक्षमा विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्षमा देबेन्द्र गिरी महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी नवौ महाधिवेशन नजिकिंदै गएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विशेष गरि वर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व सर्वसम्मतको लागि ढोका खुल्ला गरेपछि विश्वभरीका एनआरएनमा चुनावी सरगर्मी ह्वात्तै बढेको हो । बुधबार मात्र अध्यक्ष भट्टले नेतृत्वको लागि दुई उपाध्यक्षलाई मिलेर नयाँ नेतृत्व चयन गर्न बाटो खुल्ला […]
फान्स: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सको आठौ अधिवेशन तथा निर्वाचन आगामी अगस्ट १८ मा गर्ने निर्णयअनुसार निर्वाचन समिति गठन तथा उम्मेदवारको शुल्क निर्धारण गरिएको छ । आइतबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गर्दै निर्वाचन समिति गठन तथा उम्मेदवारी शुल्क निर्धारण गरेको हो । कार्यसमितिको १५ औं बैठकले निर्वाचन आयोग गठन, कार्यसमिति संख्या, उम्मेदवारी […]
स्वीडेन: गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका महासचिव दिनेश श्रेष्ठले अध्यक्षमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिव श्रेष्ठले आगामी कार्यकाल २०१९–२०२१ को लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । विगत ६ वर्षदेखि संस्थाको विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको श्रेष्ठ एनआरएनएनमा एक इमानदार छवी बनाउँदै आउनुभएको छ । एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा विकास […]
हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका गुरूङ (टिका) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । यही जुलाई २८ तारिखमा हुन लागिरहेको सातौ अधिवेशनमा गुरूङले अध्यक्षको लागि मनोनयन दर्ता गराउनुभएको हो । यसअघि आफनो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरूङले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गरिसक्नु भएको छ । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता […]