घले पक्षको महाधिवेशन शूरु, अर्थमन्त्री शर्माद्धारा उद्घाटन

काठमाडौं – गैर आवासीय नेपाली संघमा उत्पन्न विवादका बीच डा. शेष घले पक्षधरले दशौ महाधिवेशन र विश्व सम्मेलन शूरु गरेको छ । संस्थापन समूहले २४ र २५ तारिखमा महाधिवेशन आयोजना गरिरहँदा घले समूहले छुट्टै महाधिवेशन आयोजना गरेको हो । घले पक्षको महाधिवेशन अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले विदेशमा […]

एनआरएनएको नेतृत्व आलोपालो गर्ने गरि केसी, आचार्य र थापाबीच सहमति (विज्ञप्तिसहित)

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन आम सहमतिमा गर्ने समझदारी बनेको छ । एनआरएनए नेतृत्वको दावी गर्दै आउनु भएको डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच आलोपालो नेतृत्व गर्ने गरि आम सहमतिमा महाधिवेशन सम्पन्न गर्ने समझदारी बनेको हो । एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक रामप्रताप थापा, सल्लाहकार टिवी […]

एनआरएनए निर्वाचन: ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइयो, अब ३ हजार ९८ मात्र कायम

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४-२५ मार्चमा हुन गइरहेको निर्वाचनमा ४९१ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै सेल्फी र गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध नगराउने ४९१ जनालाई मतदाता सूचीबाट हटाइएको हो । यसअघि निर्वाचन कमिटिले ३ हजार ५८९ जनाको नामावली प्रकाशन गर्दै निश्चित समय […]

संस्था बचाउन मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्नुहोस: कृष्णजीवी पन्थ

मेरिल्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संस्था बचाउन मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्न अग्रजहरुमा आग्रह गर्नु भएको छ । लाखौ नेपालीहरुको भावना जोडीएको संस्थालाई बिभाजन गर्ने अधिकार कसैलाई नभएको बताउँदै पन्थले मातृभूमिलाई साक्षी राखेर सहमतीको खाका कोर्न आग्रह गर्नु भएको हो । सामाजीक संजालमा पोस्ट गर्दै भन्नु भएको […]

एनआरएनए निर्वाचन : ५ सदस्यीय अनुगमन समिति गठन

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४ र २५ मार्चमा हुने गइरहेको निर्वाचनका लागि एक अनुगमन समिति गठन गरिएको छ । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार उक्त निर्वाचन अनुगमन समिति गठन गरिएको बताइएको छ । […]

एनआरएनए विभाजन रोक्न पहल गरिदिन भन्दै सयौ अभियन्ताले पठाए प्रधानमन्त्री देउवालाई पत्र

काठमाडौं – ‘एनआरएनए अभियानलाई एकताबद्ध गरौ, विभाजनका लागि गरिने सबै खालका गतिविधि बन्द गरौ’ भन्दै एनआरएन अभियन्ता तथा विश्वभरिका नेपाली जनसम्पर्क समितिहरुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सक्षम लिखित पत्र पठाएका छन् । प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा सयौ अयिभन्ता र विश्वभरि रहेका जनसम्पर्क समितिका सभापतिदेखि विभिन्न पदमा आसिन ब्यक्तीहरुको नाम पनि उल्लेख […]

संस्था बिभाजनमा सांक्षी बस्न सकिन्न: राजन त्रिपाठी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले संस्था बिभाजित अवस्थामा उम्मेदवार बन्नु र जित्नुको अर्थ नरहने बताउनु भएको छ । कोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहनु भएको त्रिपाठीले संस्था विभाजन हुने अवस्थामा उम्मेदवार बन्नु र जित्नुको अर्थ नरहेकाले उमेदवारी नदिएको जानकारी गराउँदै फुटको यो अवस्थामा आफू कुनै पनि पद र समुहमा […]