एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा भिमसेन बञ्जरा नियुक्त

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कमिटिले पूर्णता पाएको छ । खाली रहेको प्रमुख निर्वाचन आयुक्तमा अधिवक्ता भिमसेन बञ्जरालाई नियुक्त गर्दै निर्वाचन कमिटिलाई पूर्णता दिइएको हो । बञ्जरालाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो । बञ्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च […]

विवाद समाधान नगरि एकलौटी निर्वाचनमा जाने कार्य रोक्न सोनाम लामाको आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले विवाद समाधान नगरि एकलौटी निर्वाचनमा जाने कार्य रोकेर आपसी सहमति, सहकार्य र समझदारीको आधारमा अगाडि बढ्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष लामाले नेतृत्वले एकलौटी ढंगले उर्दी जारी गरेर निर्वाचनमा जाने कार्य गरिरहेको भन्दै विवाद समाधान नगरी निर्वाचनमा जाने कार्य रोक्न आग्रह गर्नु भएको हो । […]

निर्वाचन आयुक्तको राजीनामा पेशाप्रतिको धोका : डा. बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसीले निर्वाचन आयुक्तले विभिन्न बहाना बनाउदै राजीनामा गर्नु पेशाप्रतिको धोका भएको बताउनु भएको छ । उच्च अदालत पाटनले एनआरएनएको निर्वाचन प्रक्रियालाई सहज तुलाएको अवस्थामा चुनावमा भाग लिने प्रतिनिधिको दावी विरोधको अन्तिम दिन निर्वाचन आयुक्तले विभिन्न बहाना बनाउदै राजीनामा गर्नु पेशाप्रतिको […]

विद्यार्थी, पर्यटन भिसामा रहेका र अधिवेशनपछि थप गरिएका सदस्यको नाम मतदाता सूचीबाट हटाउन सुझाव

काठमाडौं – गैर आवासीय नेपाली संघका आइसिसी सल्लाहकारहरुले विधानविपरीत आएका प्रतिनिधिहरुको नाम सूचीबाट हटाउन सुझाव दिएका छन् । उनीहरुले विधान विपरित मतदाता नामावलीमा राखिएका विद्यार्थी र पर्यटक भिसामा रहेका व्यक्तिहरुलाई सो सूचीबाट हटाउनुका साथै सम्बन्धित एनसीसीहरुको साधारण सभापछि थप गरिएका सबै सदस्यहरुको नाम मतदाता सूचीबाट हटाउन सुझाव दिएका हुन । सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका […]

एनआरएनए निर्वाचन : ७५ प्रतिशत भन्दा बढी मतदाताले दिए सेल्फी

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फि भोटिङ प्रणाली’ को सफल परिक्षण भएको दावी गरिएको छ । गैर आवासीय नेपाली संघका महासचिव डा.हेम राज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फि भोटिङ प्रणाली सफलता पूर्वक परिक्षण गरिएको हो । सो प्रणाली अन्तर्गत गैर आवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत […]

एनआरएनए निर्वाचन नयाँ मोडमा : प्रमुख निर्वाचन आयुक्तको राजीनामा, कार्यवाहकमा थापा, उम्मेदवारी दर्ता पनि सर्‍यो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नयाँ मोडमा पुगेको छ । निर्वाचनको उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा प्रमुख निर्वाचन आयुक्त लिलामणी पौडेलले राजनीनामा दिएपछि एनआरएनए निर्वाचन नयाँ मोडमा पुगेको हो ।  स्रोतका अनुसार पौडेलको राजीनामा संघका अध्यक्ष कुमार पन्तले स्वीकृत गर्नु भएको छ भने कार्यवाहक निर्वाचन आयुत्तको जिम्मेवारी राम प्रताप थापालाई दिइएको छ । […]

यथास्थितिमा निर्वाचनमा भाग लिनुको कुनै अर्थ छैन : कुल आचार्य

काठमाडौं  –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले एक्लौटी ढंगले निर्वाचन गर्ने कार्य मान्य नहुने बताउनु भएको छ । आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबलीमा बोल्नुहुँदै एक्लौटी ढंगबाट पेलेर गर्न लागिएको निर्वाचन मान्य नहुने बताउनु भएको हो । ‘तथाकथीत निर्वाचनको घोषणा गर्ने, डेलिगेट्सको चयन प्रक्रिया र एनआरएनभित्रको समस्या समाधान नगरि […]