सरकारले नाङ्गो हस्तक्षेप गर्‍यो, अब न्यायका लागि अदालत जान्छौ: कुमार पन्त

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले नाङ्गो र ठाडो हस्तक्षेप गरेको भन्दै केहि दिनभित्रै अदालत जाने बताउनु भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचन संरक्षक परिषद्मार्फत गर्न निर्देशन दिएसँगै अध्यक्ष पन्तले सरकारको हस्तक्षेपविरुद्ध अदालत जाने प्रतिक्रिया दिनु भएको हो । अध्यक्ष पन्तले निर्वाचन विथोल्नका लागि हस्तक्षेप गरिएको बताउँदै अदालत जाने तयारीका […]

एनआरएनएको निर्वाचन २०२१ भित्र संरक्षक परिषद् मार्फत गराउन परराष्ट्रको निर्देशन

काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले आज एक पत्र पठाउँदै सो निर्देशन दिएको हो । केहि दिन अघि मात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्वर १५ मा गर्ने घोषणा गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा भनीएको छ, ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ […]

संस्थाको विधान भन्दा माथि कोहि पनि हुन सक्दैन : शेष घले

काठमाडौं – गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संस्थाको विधानभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिले १०० दिन पूरा गरेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थामा विधान भन्दा माथि कोहि पनि नरहेकाले सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिनु […]

एनआरएनए निर्वाचन डिसेम्बर १५ मा हुने

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो । तर असन्तुष्ट पक्षको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी कुल आचार्यले एकतर्फी निर्वाचन मिति घोषणा गरिएको भन्दै विरोध जनाएका छन् […]

एनआरएनएको निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी थालीएको छ । यसअघि अक्टोबरमा तोकिएको निर्वाचन स्थगीत भएपछि निर्वाचन डिसेम्बरको तेस्रो साता गर्ने तयारी थालीएको हो । एनआरएनएको वर्तमान कार्यसमितिले विवाद सुल्झाउने र निर्वाचन सम्बन्धी सम्पूर्ण जिम्मेवारी अध्यक्ष कुमार पन्तलाई दिएपछि अध्यक्ष पन्तले निर्वाचन समितिलाई निर्वाचन मिति नै तोकेर […]

सल्यानको विकट गाउँमा बर्थिङ सेन्टर निर्माण गर्दै एनआरएनए अमेरिका

कुमाख (सल्यान) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सहयोगमा सल्यान जिल्लाको दुर्गम क्षेत्र कुमाख गाउँपालिका वडा नं. १ मा पर्ने टार्केमा प्रसुती गृह (बर्थिङ सेन्टर) को निर्माण कार्य शूरु भएको छ । एनआरएनए अमेरिकाको वान एनसिसी वान च्यारिटी अन्तर्गत प्रसुती गृह (बर्थिङ सेन्टर) निर्माण गर्न लागिएको हो । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा वान […]

एनआरएनए हङकङमा महिला र युवा विभाग गठन

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङमा महिला र युवा विभाग गठन भएको छ । एनआरएनए हङकङले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महिला र युवा विभाग गठन गरेको हो । कविता गुरुङको नेतृत्वमा रहेको महिला विभागमा १९ सदस्यीय कार्यसमिति, ५ सदस्यीय संरक्षक परिषद् र ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । महिला विभागमा […]