काठमाडौं – गैर आवासीय नेपाली संघले राष्ट्रिय जनगणना २०७८ मा सहभागि हुन विदेशमा रहेका नेपालीमा अपिल गरेको छ । नेपाल सरकारले यस वर्ष देखी जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेपछि एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै जनगणनामा सहभागि हुन अपिल गरेको हो । संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिकारिक तथ्यांक संकलन गर्नको लागि नेपाल […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा.बद्री केसीले आफुहरु बिधानभन्दा बाहिर गएर सहमती गर्ने पक्षमा नरहेको बताउनु भएको छ । केसीले विधी र विधानलाई मानेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै विधानभन्दा बाहिर गएर सहमति गर्ने पक्षमा भने आफूहरु नरहेको बताउनु भएको हो । केसी टिमले आयोजना गरेको ‘ककस’ नामक कार्यक्रममा बोल्नुहुँदै […]
ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो । अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी […]
लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन हुनु भएको छ । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरिएको हो । नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ […]
काठमाडौँ – दोलखाका विभिन्न स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्ताण्तरण गरिएको छ । हङकङबाट पठाइएको २२४ थान अक्सिजन कन्सन्ट्रेटर मध्ये २६ थान जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिएको हो । हङकङ एक्स आर्मी एसोसिएसनको सौजन्य तथा अमरधन स्मृति प्रतिष्ठानको समन्वयमा एनआरएनए आईसीसीका सल्लाहकार त्रिलोक गुरूङको पहलमा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याईएको थियो । जिल्लाको भिमेश्वर […]
लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको नवनिर्वाचित र निवर्तमान कार्यसमितिहरुबीचको बुझबुझारथ तथा हिसाबकिताब हस्तान्तरण भएको छ । लन्डनको बार्किङस्थित ‘द स्पटेड डग पब एन्ड रेष्टुरेन्ट’ मा आयोजित एक कार्यक्रमबीच दुई समितिबीच हिसावकिताव बुझबुझारथ गरिएको हो । इंग्ल्यान्ड राज्य समन्वय परिषदको निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक श्रेष्ठले संस्थाका सम्पूर्ण हिसाबकिताब र खातापाता […]
नरेश कोइराला अठार वर्षअघि पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन (एनआरएन अर्थात् विदेशमा बसोबास गर्ने नेपाली मूलका मानिस) हुनुभन्दा केही दिनअघि हामीले हाम्रा राजनीतिज्ञहरूको ढोका ढकढक्याइरहेका थियौं । गैर आवासीय नेपालीहरूको अधिकार पुर्नस्थापनाका लागि उनीहरूको समर्थनको लागि लबिङ गरिरहेका थियौं। नेपालमा बस्ने, काम गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा साझेदार बन्ने हाम्रो प्रतिबद्धता थियो […]