एनआरएनए निर्वाचनमा मौलाउदो बेथिती : सस्तो लोकप्रियता र बार्गेनिङका लागि उम्मेदवारी !

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुँदैछ । अक्टोवरमा हुने विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी गर्मराउदो छ । यतिखेर विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आइसिसी निर्वाचनमा मात्र १७ पदका लागि चार दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अझै […]

एनआरएनए महिला सचिव पदमा हङकङबाट राधिका गुरुङ (टिका) को उम्मेदवारी

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा हङकङबाट राधिका गुरुङ (टिका) ले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनए हङकङको दुई कार्यकाल सफल नेतृत्व गर्नु भएको गुरुङले आगामी कार्यकाल (२०२१-०२३) को लागि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनए हङकङको छैठौ अधिवेशन (२०१७–२०१९) र सातौ अधिवेशन (२०१९–२०२१) को दुई […]

एनआरएनएमा छायो चुनावी रौनक : १७ पदका लागि चार दर्जन बढी आकांक्षी

काठमाडौं – गैर आवासीय नेपाली संघमा यतिखेर चुनावी रौनक छाउन थालेको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा हुन लागेको १० औं विश्व सम्मेलनको लागि चुनावी रौनक छाउन थालेको हो । कोभिड-१९ अर्थात कोरोना महामारीले केहि असहज बनाए पनि आगामी कार्यकालको लागि चुनावी सरगर्मी बढेको छ । यो पटक कोरोनाको कारण अनलाईनको माध्यमबाट निर्वाचन […]

गैर आवासीय नेपाली नागरिकता विधेयक अघि बढ्ने संकेत, मन्त्रीदेखि राजनीतिक दलले जनाए प्रतिबद्धता

काठमाडौं – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाउन सरकारी निकायदेखि राजनीतिक दलसम्म एकमत देखिएका छन् । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले पारित गरि संसदमा पठाए पनि विधेयक अझै अन्यौलमा छ । तर सरकारी निकाय र राजनीतिक दलहरुसँग भएको छलफलले भने केहि आसा पलाएको छ । गैर आवासीय […]

एनआरएनए महिला सह-कोषाध्यक्ष पदमा योगिता थापाको उम्मेदवारी

बेल्जियम –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला सहकोषाध्यक्ष पदमा योगिता थापाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । थापाले आगामी अक्टोवरमा हुने १० औं विश्व सम्मेलनमा महिला सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलनमा युरोपको महिला संयोजकमा निर्बिरोध निर्बाचित थापा त्यसअघि […]

एनआरएनए आइसिसी महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा कोरियाबाट जुनु गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुन लागिरहेको एनआरएनएको १० औं विश्व सम्मेलनमा गुरुङले आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको अघिल्लो नवौ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहनु भएको गुरुङ […]

एनआरएनएको विश्व सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन

काठमाडौँ  – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल […]