बेल्जियम। गैर आवासीय नेपाली संघ, बेल्जियमको निर्वाचनमा बुथ कब्जा गर्ने प्रयास गरिएको छ । संघको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत आन्त्र्वोपेन क्षेत्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी बुथ कब्जा गर्ने प्रयास गरिएको हो । निर्वाचन आयुक्त लोक दहाल, निर्वाचन सदस्य सचिव शिव कुमार वरुवाल र क्षेत्रीय निर्वाचन संयोजक पवन सुवेदीले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति […]
हङकङ । गैर आवासीय नेपाली संघ हङकङको नवनिर्वाचित कार्यसमितिलाई खपथ खुवाइएको छ । आगामी कार्यकाल (२०२१-०२३) को लागि नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको हो । संघको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बीच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको हो । साथै सो अवसरमा निवर्तमान अध्यक्ष टिका गुरुङ (राधिका) लाई पनि सम्मानका साथ बिदाई गरिएको […]
बैंकक। गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा भबिन्द्र बस्नेत निर्वाचित हुनु भएको छ । संघको आइतबार भएको निर्वाचनबाट आगामी कार्यकाल (२०२१-०२३ ) को लागि बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्ष, महासचिव र सचिव गरि तीन पदमा निर्वाचन भएको थियो । निर्वाचनबाट महासचिवमा सुवास थापा, सचिवमा श्रीहरि आचार्य निर्वाचित हुनु भएको छ । […]
काठमाडौं । गैर आवासीय नेपाली संघका धेरैजसो राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । विश्व सन्देशलाई प्राप्त पछिल्लो अपडेट अनुसार हालसम्म २० वटा देशमा सर्वसम्मत र चार वटा देशमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएको छ । हालसम्म २४ देशमा नेतृत्व चयन भइसकेको छ भने आज मात्रै नयाँ नेतृत्व चयनका […]
स्टकहोलम । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनमा नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आगामी कार्यकाल (२०२१-२०२३) को लागि नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो । संघको शनिबार सम्पन्न छैटौ राष्ट्रिय महाधिवेशनको अवसरमा यसअघि राज कुमार पाठकको नेतृत्वमा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । महाधिवेशनमा प्रमुख अतिथिका […]
हेल्सिन्की । गैर आवासीय नेपाली सघ (एनआरएनए) फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको शनिवार सम्पन्न सातौँ वार्षिक सभाबाट आगामी कार्यकाल (२०२१-२०२३) को लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।आइसिसी सदस्यमा प्रकाश पोखरेल पनि निर्विरोध चयन हुनु भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल […]
ओस्लो । गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकाल (२०२१-२०२३) को लागि अर्याल पुन आइसिसी सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो । एनआरएनए यूरोप क्षेत्रीय विज्ञ भेलाको संयोजक भएर महत्वपूर्ण जिम्मेवारी निभाउनु भएको अर्याल यूरोप क्षेत्रीय संयोजक (आरसी) मा जाने चर्चा थियो । यद्यपी […]