भारतको नयाँ नक्सा प्रति एनआरएनएको आपत्ति, गर्यो विश्वभरिका नेपालीलाई विरोधमा उभिन आह्रवान

काठमाडौं :  विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभरीका गैर आवासीय नेपालीलाई मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा उभिन आह्रवान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ति जारी गर्दै विश्वभरीका गैर आवासीय नेपालीलाई सो आह्रवान गर्नुभएको हो । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग […]

मलेशिया रोजगारी : स्वास्थ्य परीक्षणको नाममा लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं : वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ । विभागले […]

ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने

काठमाडौं : नेपालको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको संयोजकत्वमा यही कात्तिक २२ देखि २४ गतेसम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्स्पोमा सहभागिता जनाउन लागेको हो ।  नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा सहभागिता […]

वैदेशिक रोजगारीमा प्रतिदिन २ को मृत्यु, तीन महिनामै गुमाए १८१ नेपालीले ज्यान

गोपाल संग्रौला /काठमाडौं चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका क्रममा प्रतिदिन २ को मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका क्रममा १८१ नेपालीले ज्यान गुमाएका छन । यसमध्ये पनि १७१ जना मृतक युवाका परिवारले मात्र सरकार दिने आर्थिक सहायता पाउने भएका छन् । श्रम स्वीकृतिको […]

कसरी बित्यो एनआरएनए नवनिर्वाचीत कार्यसमितिको एक साता ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी दुई वर्षे कार्यकालको लागि नवनिर्वाचीत कार्यसमितिले पदभार ग्रहण गरेको एक साता बितेको छ । १८ तारिखमा निर्वाचन सम्पन्न भई अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिले पद्भार समालेको हो । नवनिर्वाचीत कार्यसमितिले एक साता कसरी बितायो ? के कस्ता नयाँ उपलब्धी हासिल गर्यो ? अर्थात के कस्ता […]

एनआरएनए नवनिर्वाचीत कार्यसमितिले बढायो सक्रियता, दैनीक नयाँ उपलब्धीमा केन्द्रित हुँदै

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नयाँ कार्यसमितिले आफनो सक्रियता बढाउँदै लगेको छ । नवौ विश्व सम्मेलनबाट कुमार पन्तको नेतृत्वमा नवनिर्वाचीत कार्यसमितिले आफनो बलियो सक्रियता देखाउँदै आगामी एनआरएनएका मार्गचित्र कोर्न ब्यस्त देखिएको हो । विशेष गरि सरकारी निकाय तथा विभिन्न वित्तिय संघसंस्थासँगको सम्बन्ध, सहकार्य र आपसी सझदारीमा केन्द्रित हुँदै नयाँ कार्यसमितिले नयाँ ढंगले […]

कांग्रेसका महासमिती सदस्य हरिबोल भण्डारीद्धारा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम

काठमाडौं : नेपाली कांग्रेस काठमाडौँ निर्वाचित क्षेत्र नं ३ महासमिति सदस्य तथा संयुक्त राज्य अमेरिकाका बरिष्ठ समाज सेवी युवा नेता तथा मिलनसार व्यक्तित्व हरिबोल भण्डारीले एक भब्य शुभकामना आदनप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्नुभएको छ । हालै सम्पन्न गैर आवासीय नेपाली संघको आइसिसी सल्लाहकारमा चयन हुनुभएको भण्डारीले नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्ताको सहभागितामा भब्य […]