पोखरा: विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई […]
इक्वेटोरियल गिनिया : गैर आवासीय नेपाली संघको इक्वेटोरियल गिनियामा नयाँ कार्यसमिति चयन भएको छ । इक्वेटोरियल गिनियाको राष्ट्रिय समन्वय परिषदको दोस्रो राष्ट्रिय अधिवेशन मलाबो सहरमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले कृष्णचन्द्र सेढाईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती निर्बिरोध चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुमन बिके महासचीवमा बिष्णुहरि सेढाई, कोषाध्यक्षमा दुतराज […]
नेदरल्यान्ड्स : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नेदरल्यान्ड्सले दिर्घकालीन योजना र कार्यक्रममा सहमती जुटाउँदै आगामी २०१९ -०२१ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । विशेष गरि सामूहिक एजेन्डाका रुपमा आगामी कार्ययोजना, कार्यक्रम र रणनीतिको विषयमा आपसमा समझदारी गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिमा पद बाँडभाँडमा भन्दा बढी एजेन्डामा केन्द्रित […]
मेलबोर्न : अस्ट्रेलियाको मेलबोर्नमा Father’s Day को शुभ अवसर पारेर नेपालीहरुद्वारा संचालित 213 Lonsdale Street, Melbourne मा अबस्थित शैक्षिक संस्था Roman Education Centre को उद्घाटन समारोह सम्पन्न भएको छ । मेलबोर्नमा अबस्थित बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, बिदेशी अतिथिहरु लगायत त्यहा अध्ययनरत बिधार्थीहरुको बाक्लो उपस्थिति रहेको समारोहमा नेपालबाट भिजिट भिसामा आउनु भएका साधुराम पाठक र सीता […]
कम्पाला : गैर आवासीय नेपाली संघ (एनआरएनए ) युगान्डाले यहाँको राजधानी कम्पालामा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज कार्यक्रम भब्य रुपमा मनाइएको हो । कार्यक्रममा युगान्डामा रहेका नेपालीहरुको सहभागिता रहेको थियो। नेपाल बाहिर रहेर पनि नेपालीहरुले नेपाली सँस्कृति अनुसार नाच गान गरी धुमधामका साथ तीज मनाएका हुन्। बेलुका […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
जर्मनी : जर्मनीमा आयोजित २१ औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थि समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवशयक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, […]