कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको कोषाध्यक्ष पदमा दोलखा जिरीका कुसाङ शेर्पाले उम्मेदवारी घोषणा गर्नुभएको छ । विगत सात वर्षदेखि कोरियामा बस्दै आउनुभएको शेर्पा एक इमानदार छवी बनाउन सफल हुनुहुन्छ । आफूलाई काम गर्न सक्ने, योग्य र सक्षम उम्मेदवारको रुपमा उम्याउँदै शेर्पाले एनआरएनए कोरियालाई आर्थिक रुपमा सवल बनाउन र पारदर्शी बनाउनको लागि आफनो […]
काठमाडौं: वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण […]
जलेश्वर : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए । […]
तस्विर: शिव भण्डारी लन्डन : तमु धिं यूकेको आयोजनामा आगामी अगष्ट २५ तारिखमा हुने नेपाली मेलाको तयारी पूरा भएको छ । नेपाली मेलामा बेलायतवासी झण्डै दश हजार नेपालीले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजक तमुधिं यूकेका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलामा लन्डनस्थित नेपाली दूतावासको समेत सहकार्य रहनेछ । मेलामा २८ […]
मेलबोर्न : मेलबोर्न नेपलिज कमुनिटी वेस्टको आयोजना तथा रोयल वेस्टर्न फुटबल क्लबको सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा तीज साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा फेडेरल एमपी जोयान रायन, भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन, मल्टीकमिसन भिक्टोरियाका डा सुन्दरम सिभमाल्मी, अजि याक्सन एब्रोड फर नेपालका ग्राम केन्ट बाजे लगायत नेपाली समाजका बिभिन्न प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो […]
लिस्बन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो । गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आउनुभएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित हुनुहुन्छ । […]
कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङले पुन: उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी २०१९ -२०२१ कार्यकालको लागि अध्यक्षमा पुन उम्मेदवारी घोषणा गर्नुभएको हो । आफनो कार्यकालमा संस्था दर्ता प्रक्रियामा पूरै समय बिताउनु परेको भन्दै आफना अधुरा योजना पूरा गर्न पुन: उम्मेदवारी घोषणा गरिएको विश्व सन्देशलाई जानकारी गराउनुभयो । हाल अध्यक्ष […]