काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले आगामी एनआरएनएको नेतृत्व चयन सहमतीकै आधारमा हुने बताउनुभएको छ । स्पेनमा पुग्नुभएको पन्तले पत्रकार बसन्त रानाभाटसँग कुराकानी गर्नुहुँदै सो कुरा बताउनुभएको हो । विगतको नजिर हेर्दा १०-१५ मत खसीसक्दा पनि सहमतीकै आधारमा नेतृत्व चयन भएको इतिहास साक्षी रहेको बताउँदै आगामी नेतृत्व सहमतीकै आधारमा चयन हुने बताउनुभयो ।
अर्का उपाध्यक्ष कुल आचार्य पनि मैदानमा हुनुहुन्छ भन्ने प्रश्नमा पन्त भन्नुहुन्छ, ‘कुल जी ब्यक्तीगत रुपमा मेरो अत्यन्तै नजिकको मित्र हुनुहुन्छ, यती ठूलो संस्थामा इच्छा जाहेर गर्नु स्वभावीक कुरा हो, इच्छा जाहेर गरेर सक्रियता देखाउँदैमा अहिले नै निर्वाचनमा गइहालीयो भन्ने होइन । सहमतीको पहल अव शूरु हुन्छ, अझै हामीसँग एक महिना समय छ, हामी एक किसिमको विन्दुमा पुगेर सहमती गर्छौ र सहमतीको आधारमा एनआरएनए नेतृत्व चयन गर्छौ ।’ भिडियो जस्ताको तस्तै:-
https://www.facebook.com/basanta.rb7/videos/2713179845382825/
प्रकाशित | १ आश्विन २०७६, बुधबार १९:५०

