अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

काठमाडौं : सामाजीक सञ्जाल वा अन्य कुनै माध्यमबाट झुट्ठा अफबाह फैलाउनेलाई एक वर्षसम्म कैदको सजाय हुने भएको छ । कोरोना भाइरस सम्बन्धी गलत प्रचार गर्ने, अफवाह फैलाउने क्रम बढेपछि प्रहरीले सजायको विषयमा सबैलाई सचेत गराएको हो ।

प्रहरीका अनुसार यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छस्(

७०. झुट्ठा अफबाह फैलाउन नहुनेः

(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
“विपदको समयमा एक सचेत नागरिकले आफ्नो सामाजिक दायित्व नबिर्सौं”

https://www.facebook.com/NepalPolicePHQ/posts/3641450719261633


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १८:५५