बार्सिलोना: कोरोना भाइरस कोभिड–१९ ले स्पेनको नेपाली समुदायलाई पारेको प्रभावबारे बहस भएको छ। नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा कार्यक्रममा एनआरएनटक मार्फत छलफल भएको हो।
म्याड्रिड,क्याटालोनिया,भ्यालेन्सिया,पाईभपास्कोजस्ता क्षेत्रहरुवाट कार्यक्रममा प्रतिनिधित्व जनाउदै सहभागीहरुले बोलेका थिए। पत्रकार बसन्त रानाभाटले संचालन गरेको लाईभ बहसमा क्याटालोनिया क्षेत्रबाट एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङ, मानार्थ परिषद सदस्य दिपक खरेल, आईसीसी सदस्य चिन्तामणी सापकोटा,एनआरएनए अध्यक्ष दिनेश गुरुङ देउकाजी र सन्तोष पौडेलले बिभिन्न बिषयहरुमा बोल्नुभएको थियो ।
यस्तै, कोरोनाले अति प्रभावित बनेको म्याड्रिड क्षेत्रवाट एनआरएनए मानार्थ परिषद सदस्य एकराज गिरी, पाईसभास्कोबाट एनआरएनए उपाध्यक्ष तुलसी गुरुङ र भ्यालेन्सिया क्षेत्रको प्रतिनिधित्व गर्दै आलिकान्तेबाट पत्रकार कमल पराजुलीको उपस्थिति थियो। कार्यक्रमलाई नेपाली नेपाली डटकम,नेपाल स्विसडटकम र एनआरएन टकको फेसबुक पेजमार्फत लाईभ गरिएको थियो।
कोभिड-१९ बिशेष बहसको भिडियो हेर्नुहोस् :-
https://www.facebook.com/infonepalinepali/videos/590435351557127/
प्रकाशित | २३ चैत्र २०७६, आईतवार २२:५८

