कोरोनामाथि विजय प्राप्त गरेका स्पेन निवासी विष्णु रिजालको सन्देश (लाईभ भिडियो )

बार्सिलोना : १० दिनसम्मको आईसीयूको उपाचारपछि कोभिड- १९ लाई जितेर घर फर्कनु भएको अर्घाखाँचीका बिष्णु रिजालले उच्च आत्मविश्वास र मनोबलले गर्दा कोरोनालाई जित्न सफल भएको बताउनुभएको छ । स्पनेबाट पत्रकार बसन्त रानाभाटले गर्नुभएको लाईभ कुराकानीमा रिजालले उच्च आत्मविश्वास र मनोबल भएमा कोरोनालाई जित्न सकिने सन्देश प्रवाह गर्नुभएको छ ।

रिजालले भन्नुभएको छ, ‘डाक्टरले भनेजस्तै म आफ्नै उच्च मनोबलले बाँचेको हुँ । नयाँ जीवन पाएको छु। यो बाट जो कोहिँपनि संक्रमित हुन सक्छ। बिभिन्न उच्चपदस्त ब्यक्तिहरु संक्रमित भएको सुने। उनीहरुले पनि सार्बजनिक गरेका रहेछन्। यो लुकाउने रोग नै होईन। सही जानकारी दिन सकेमात्र धेरैको जीवन बचाउन सकिन्छ। यसलाई कोरोना लाग्यो भनेर आतंकित हुन जरुरी छैन। बरु आफ्नो साबधानीलाई उच्च पारौं।’

उहाँले अनुभव सुनाउँदै भन्नुभयो, ‘जोखिम हुने कुनै पनि अबस्थासँग सम्झौता नगरौ, मैले पनि साबधानी गरेकै हो तर गर्दागर्दै पनि भयो। अरुका कारणले पनि हुनसक्छ। तसर्थ प्रत्येक ब्यक्ति ईमान्दार बनेन भनेपनि, नियन्त्रण हुन सक्तैन। अर्को कुरा एचआईभी नै लागेपनि सोच त सकारात्मक हुनु पर्यो नि। बिरामीलाई मनोबल र हौसला दिनुपर्यो नि। त्यसमा पनि मलाई कोभिड-१९ भयो भनेर समाजलाई लुकाउन जरुरी छैन। अरुले के भन्लान् भन्न जरुरी छैन।’

हेर्नुहोस पत्रकार बसन्त रानाभाटले गर्नुभएको लाईभ भिडियो

https://www.facebook.com/basanta.rb7/videos/3173244202709718/


प्रकाशित | २५ चैत्र २०७६, मंगलवार २२:४८