काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गर्नु भएको छ । उहाँहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन वञ्चित गरिएको हो ।
राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गर्नु भएको हो ।
राईले निलम्बन गरेका सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा रहनु भएको छ ।
प्रकाशित | १६ पुष २०७७, बिहीबार १६:५२

