काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले अबको केहि दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाव रहेकाले समर्थन दिएको बताउँदै तर अब केहि दिनभित्रै समर्थन फीर्ता लिने निर्णयमा पुगेको बताउनुभयो ।
अत्यन्तै आक्रोशित मुद्दामा प्रस्तुत हुँदै प्रचण्डले अबको केहि दिन संसदमा कुर्ने र त्यसपछि पनि निकास नदिए ओली सरकारलाई हटाइने बताउनुभयो । साथै उहाँले ओली नेतृत्वको सरकार अब सडकबाट बाहेक हटाउन नसक्ने अवस्था आएको पनि बताउनुभयो ।
नागरिक आन्दोलनसँगको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचण्डले एकपछि अर्को गर्दै ओलीले असंवैधानीक र अलोकतान्त्रिक कार्य गर्दै गइरहेकोले अब सडकबाट भएपनि निरकुंश सरकार ढालीछाड्ने बताउनुभयो ।
प्रकाशित | १४ चैत्र २०७७, शनिबार १६:०२

