दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अन्य बिभिन्न पदमा जम्मा ६३ जनाको उम्मेदवारी परेको हो । निर्वाचन समितिका संयोजक रमेश भट्टका अनुसार आगामी कार्यकालको लागी बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र पुर्व कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेदवारी दर्ता भएको हो ।
निर्बाचन समितिका अनुसार एनआरएनए राष्ट्रिय समन्बय परिषद कतारबाट ९ जनाले आइसीसी सदस्यमा उम्मेद्धारी दिनु भएको छ । आईसिसि सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का(कुमार),अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी (कुमार) ,अर्जुन मुडभरी, तेज कटुवाल र मदसिर नजरको उम्मेदवारी परेको छ ।
यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मद , द्धितिय उपाध्यक्षमा प्रेम चलाउने र केशबराज कार्की, महिला उपाध्यक्षमा अम्बिका खत्रीले उम्मेदवारी दिनु भएको छ । महिला उपाध्यक्षमा खत्रीको मात्रै उम्मेदवारी परेकाले उनि निर्बिरोध निर्बाचित हुनु भएको छ ।
बर्तमान कार्यसमितिका महासचिव पदम गिरीले पुन महासचिवमा उम्मेदवारी दिनु भएको छ भने अफसर अलि खानले पनी महासचिव पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ । रबिन थापा मगर, दिप जंग शाह, भवानी प्रसाद कोइराला र सुनिल कुमार घिमिरेले सचिव पदमा उम्मेदवारी दिनु भएको छ भने बिनोद प्रसाद बसौलाले कोषाध्यक्ष र मिनराज वाग्ले , झबिन्द्र आचार्य, बालकृष्ण न्यौपानेले सहकोषाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । कोषाध्यक्षमा बिनोद प्रसाद बसौलाको एकल उम्मेद्धारी परेको निर्बिरोध निर्बाचित हुनु भएको छ ।
यसैगरी नानु घले ब्लोन र सन्ध्या अर्यालले महिला संयोजकम , डेक ब भारती (सुमन) र मो कलाम हुसेनले यूवा संयोजकमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । सन्तोष रेग्मीले लेखा समिति संयोजक, टिकाराम गौतम (अमित) र गणेश भट्टले लेखा समिति सदस्यमा उम्मेदवारी दिनु भएको छ । लेखा समितिमा रेग्मी , गौतम र भट्टको मात्रै उम्मेदवारी परेकाले उहाँहरु पनि निर्बिरोध निर्बाचित हुनु भएको छ ।
यसैगरी कार्यसमितिको सदस्यमा सेवक बि.क. खडक बा. पा फागो, तारानाथ बास्तोला (पवन), नारायण प्रसाद ढुङगांना , मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष) बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, महोम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्रि, जय प्रकाश यादव, मोहम्मद मन्नान,राम गिरी, मो मजु दिन,रामबाबु यादव, अगन्धर देवकोटा, नियम शेख र टेक बहादुर नेपालीको उम्मेदवारी परेको छ ।



प्रकाशित | ६ असार २०७८, आईतवार १०:१९

