माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

महोत्तरी– माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ ।बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त हुनुन्थ्यो ।

एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उहा महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहनु भएको छ । यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १८:३१