प्रदेश १ मा थप आठजना मन्त्री नियुक्त

विराटनगर। आज प्रदेश १ मा थप आठजना मन्त्री नियुक्त   हुनुभएको छ । आठजना मन्त्री नियुक्त भएसगै मुख्यमन्त्री राजेन्द्र राईको नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा १३ मन्त्री र एक राज्यमन्त्री हुनुन्छ ।

मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप हुनु भएको छ। प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त  हुनुभएको छ ।


प्रकाशित | २३ माघ २०७८, आईतवार १४:३५