रुस र युक्रेनबीच आज पुन: शान्तिवार्ता हुने

दुई देशका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा वार्ता भएको थियो । तस्विर : रोयटर्स

रुस र युक्रेनबीच बुधबार साँझ शान्ति वार्ता पुनः सुरु हुने रुसी सरकारी समाचार एजेन्सी टासले जनाएको छ । ‘हाम्रो प्रतिनिधिमण्डल वार्ता जारी राख्न तयार छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।

राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्की एक पटक फेरि रुसका लागि मुख्य वार्ताकार हुने रिपोर्टमा जनाइएको छ ।

‘मलाई लाग्छ कि चीजहरू उस्तै रहिरहनेछन्। केहि पनि परिवर्तन हुनेछैन। हामी हाम्रो अडानमा अडिग रहनेछौं’, राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले सस्पिलने भने।

वार्ता कहाँ हुने बारेमा भने केही बताइएको छैन ।

गत सोमबार युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा भएको पहिलो चरणको वार्ता बिनानिश्कर्ष टुंगिएको थियो ।

पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो । रूसी पक्षले भने तटस्थता र कहिल्यै नेटोमा सामेल नहुने ग्यारेन्टी खोजेका थिए । बीबीसी


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १९:३२