भक्तपुर: नेपाली कांग्रेसले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले भक्तपुर नगरपालिकामा राम प्रसाद कासुला, मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्रीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी, उपमेयरमा चाँगुनारायण नगरपालिकामा सुभद्रा काफ्लेलाई बनाएको छ । उता सतागठबन्धनको तर्फबाट मध्यपुर थिमिमा नेकपा माओवादी केन्द्रलाई र नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायकको उपप्रमुख दिएको छ ।
प्रकाशित | १२ बैशाख २०७९, सोमबार १०:२९

