भक्तपुर : सूर्यविनायक नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुगेलले अग्रता कायमै राख्नु भएको छ । २ हजार ४७३ मत गन्दा मेयरमा ढुंगेलले ९१७ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो ।
एमालेको तर्फबाट बासुदेव थापाले ८३३ र राप्रपाका राधिका रानाभाटले ३५९ मत प्राप्त गर्नु भएको छ भने उपमेयरमा एमालेको उम्मेदवार सरिता भट्टराईले ८४९ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । राप्रपाका प्रविण ढुङ्गेलले ४९५ मत र एकीकृत समाजवादीको उम्मेदवार श्याम बस्नेतले ४५३ मत प्राप्त गर्नु भएको छ ।
वडाध्यक्षमा एमालेका उम्मेदवारले ८०७ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ भने राप्रपाले ६४७, कांग्रेसले ५२० र एकीकृत समाजवादीले २६२ मत पाएको छ । यो वडामा ४ हजार १४८ मत खसेको थियो ।

प्रकाशित | ३१ बैशाख २०७९, शनिबार २२:१४

