विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कोइराला ३० हजार १७० मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नु भएको थियो ।
उपमेयरमा नेकपा एमालेकी शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी हुनु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नु भयो ।
वैशाख ३० गते भएको मतदानबाट नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन्। यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
देशभरका ६ महानगरमध्ये सबैभन्दा पहिला परिणाम आउने महानगर विराटनगर बनेको छ।
प्रकाशित | ७ जेष्ठ २०७९, शनिबार ०९:०३

