सिओल : किम्हे सिस्टरहुड कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णु पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

समिति उपाध्यक्षमा योगीता गौतम र गंगा खतिवडा, सचिवमा रक्षा कार्की, स-सचिवमा कमला घले, कोषाध्यक्षमा दुर्गा रेग्मी र सहकोषाध्यक्षमा कल्पना काफ्ले चयन हुनु भएको छ ।

त्यस्तैगरि, कार्यसमितिको सदस्यहरुमा क्रमश ओसि लामा, प्रिती लामा र प्रतिभा थापा चयन हुनु भएको छ ।

महिलाहरुको हक अधिकारको पक्षमा आवाज उठाउने उद्देश्यले संस्थाले पहिलो अधिवेशन सम्पन्न गरेको हो ।
प्रकाशित | २६ असार २०७९, आईतवार २२:०४

