काठमाडौं: लायन्स क्लव अफ काठमाडौ रोयल फ्रेन्ड्स अल फो बल र लेजेन्द फुटसलको संयुक्त आयोजनामा एक दिने युथ इमपावर्मेन्ट तथा टेवल टेनिस टुर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । ललितपुर जिल्लाको महालक्ष्मी नपा स्थित लेजेन्ट्स फुट्सलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न सरकारी विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।

स्पोर्ट्स सम्बन्धी कार्यक्रमले वालवालिकाको सिकाइमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने भएकाले यस्ता कार्यक्रम अति नै महत्वपूर्ण हुने प्रमुख अतिथि चटुरानन्द राज वैद्यले आफ्नो मन्तव्यमा व्यक्त गर्दै आयोजकलाई विशेष धन्यवाद दिएका थिए ।
प्रमुख अतिथि वैद्य नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा अल नेपाल टेवल टेनिस एसोसिएसनका अध्यक्ष समेत रहेका छ्न ।
चार वटा सामुदायिक विद्यालयका करिव ७५ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी विद्यालयहरुमा भानोदय विद्यालय सिद्दिपुर ,सिद्दिमङ्गल विद्यालय सिद्दिपुर, जन उद्दार विद्यालय बुढानिलकण्ठ र ललित कल्यान केन्द्र विद्यालय सहभाही रहेको थियो ।

सिद्दिमङ्गल विद्यालयबाट छात्र तर्फ निरज महर्जन प्रथम, प्रकाश लिम्बू द्वितीय, समिर भुजेल र युनिक महर्जम तृतीय भएका थिए । छात्रा तर्फ बाट जमुना श्रेष्ठ (भानोदय) प्रथम, सबिना तामाङ (भानोदय) द्वितीय, खुसी तामाङ्ग (जन उद्वार ) र सबिना अधिकारी (ललित कल्यान केन्द्र ) बाट तृतिय भएका छ्न ।
बिजेता सबैलाई नगद मेडल र ट्रफी प्रदान गरिएको थियो । लायन्स क्लव अफ काठमाण्डौ रोयल फ्रेन्ड्स,लेजेन्ड्स फूटसल र अल फो बललले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विशेष आर्थिक सहयोग रोयल फ्रेन्ड्सले प्रदान गरेको हो ।
लायन्स क्लव अफ काठमाण्डौ रोयल फ्रेण्ड्सका अध्यक्ष दिप्रश शाक्यका अनुसार यस अघि पनि क्लवले स्पोर्ट्स सम्बन्धी महत्वपूर्ण कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनमा पनि विद्यार्थीको लागि सकरात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरु आयोजना गर्ने कुरा व्यक्त गरेका छ्न ।

त्यसैगरी लेजेन्द फुटसलका अध्यक्ष अमन महर्जनले पनि स्पोर्ट्स सम्वन्धी विविध गतिविधिहरु मार्फत वालवालिकाको उज्वल भविष्यको लागि सधै सहयोग गर्ने कुरा व्यक्त गरे ।
कार्यक्रममा कोच मार्फत क्षमता अभिवृद्विकोलागी तालिम समेत प्रदान गरिएको थियो । सहभागी विद्यालयका विद्यार्थी तथा सम्पुर्ण उपस्थित व्यक्तित्वहरुलाइ ब्रेक फास्ट सहित दिवा खानाको समेत ब्यवस्था गरिएको कुरा आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा विशेष अतिथिको रुपमा लायन्स क्लव अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ का पि डि जि लायन अनुप कुमार पहारी उपस्थित भएका थिए ।
पि डि जि पहारी ले लायन्स क्लव अफ काठमाडौ रोयल फ्रेन्ड्सलाई विशेष धन्यवाद दिदै समुदायमा यस्ता महत्वपूर्ण कार्य गर्दै अगाडि बढ्न आग्रह समेत गरेका छ्न ।
त्यसैगरी कार्यक्रममा लायन यदुराज लामिछाने आशिष (एरिया चिफ कोर्डिनेटर), लायन अनिशा सर्मा (डिष्ट्रीक को चिफ ), लायन दिपक थापा (रिजन चेयर पर्सन ), लायन पुरुसोत्तम बस्नेत (जोन चेयरपर्सन), लायन दिप्रश साक्य (अध्यक्ष,रोयल फ्रेन्ड्स ),लायन अमन महर्जन (अध्यक्ष लेजेन्द फुटसल एवम् कोषाध्यक्ष रोयल फ्रेड्स ),लायन सुदिन बज्राचार्य (सचिव, रोयल फ्रेन्ड्स ) लगायत अन्य लायन्स पदाधिकारी एवम् आयोजक टिमको तर्फबाट उत्साहजन उपस्थिति रहेको थियो।
प्रकाशित | १७ श्रावण २०७९, मंगलवार २३:१०

