भक्तपुर : सूर्यविनायक नगरपालिका-८ दोर्लाङमा सडक स्तरोन्नतिको कार्य शूरु भएको छ । सूर्यविनायक नगरपालिकाबाट विनियोजित रु एक करोड लागतको दोर्लाङ्ग-घ्याम्पेडाँडा सडक स्तरउन्नतिको काम शूरु भएको हो ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले एक कार्यक्रमकाबीच दोर्लाङ्ग-घ्याम्पेडाँडा सडकको स्तरउन्नति शिलान्यास गर्नुभयो । सो अवसरमा मेयर थापाले स्तरउन्नतिको कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सूर्यविनायकका हरेक आयोजनाहरु समयमै सम्पन्न हुने गरेको बताउँनुहुँदै मेयर थापाले नगरबासी सबैको सहयोगले विकास निर्माण तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य किरण थापा, वडाध्यक्ष पुष्पराज बस्नेतलगायत स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको सहभागिता थियो ।
प्रकाशित | १ पुष २०७९, शुक्रबार २०:५७

