पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गरेको बताउँदै सबैको साथ र सहयोगका हुने विश्वास ब्यक्त गर्नु भयो । उम्मेदवारी दर्तापछि पौडेलले एनआरएनमा अहिलेसम्म खेलेको भूमीका र गरेको योगदानलाई एसिया प्याशिफिक क्षेत्रका एनसिसीहरुले बुझ्नेमा आफू ढुक्क रहेको बताउनु भएको छ । उहाँले विभिन्न ९ बुँदे प्रतिबद्धता पत्र समेत अगाडि सार्नु भएको छ ।

३) विदेशमा जाने श्रमिकलाई सक्षम र सबल तथा दक्ष बनाउनको लागि गन्तव्य मूलुक जानु अघि सम्बन्धित कार्यको सिपयुक्त बनाउन एनआरएनएमार्फत निःशुल्क सिप सिकाउन भोकेसनल पार्क तथा कलेजको स्थापना गर्ने व्यवस्था गराउन सम्बन्धित निकायमा पहल गर्ने ।
४) श्रम स्विकृति लिन विद्यमान झण्झटिलो प्रक्रियाको समाधानका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल गरि समाधानको लागि विकल्पसहित सहजिकरन गर्ने।
५) सामाजिक सुरक्षा कोषबाट पाईने सम्पूर्ण सुविधाको बारेमा प्रवासमा रहेका हरेक नेपालीलाई सुसूचित बनाउन सचेतनमूलक कार्यक्रमका लागि एनएसीसीसंगको समन्वयमा कार्यक्रम गर्ने ।
६) गैर आवासीय नेपालीहरुलाई नागरिकताको निरन्तरता र बविदेशमा बस्ने नेपालीलाई सम्बन्धित मुलुकहरुबाट मताधिकारको सुरक्षा सुनिश्चीत गर्न पहल गर्ने।
७)एसिया प्यासेफिक क्षेत्रको लागि छुट्टै बैन्किङ कारोबार गर्नका लागि एकाउण्ट संचालनमा ल्याइ सो मार्फत राहत कोषको स्थापनाको लागि पहल गर्ने।
८) वैधानिक रूपमा रेमीट्यान्स नेपाल भित्र्याउन र वैदेशिक लगानीको वातावरण सृजना गर्न पहल गर्ने ।
९) एनआरएनले गर्ने राष्ट्रिय खेलकूदको लागि बिदेसबाट नेपाल जाने खेलाडीका हवाई टिकट, होटल, बीमा र अन्य सहुलियतका लागि खेलकूद प्रतिस्थान मार्फत छुट्टै कोष बनाऊन एनआरएन केन्द्रसंग पहल गर्ने।
१०) पीएनओ परिचय पत्रको लागि सरकार संग पहल गर्ने।
प्रकाशित | २६ आश्विन २०८०, शुक्रबार १८:३६

