सूर्यविनायक नगरपालिकामा बासुदेव थापा नेतृत्वको आठ वर्ष : हालसम्मका सबै निर्णयहरु सर्वसम्मत, पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगती, अधुरा योजना पूरा गरेरै छाड्ने अठोट

देशमा राज्य पुनर्सरचना पछि बनेको अधिकार सम्पन्न बलियो स्थानीय तहको पहिलो पटक भएको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट बासुदेव थापा निर्वाचीत हुनुभयो ।  पहिलो पटक निर्वाचीत हुनु भएपछि नगर प्रमुख थापाको नेतृत्वमा पहिलो कार्यकालमा सूर्यविनायक नगरपालिकामा बलियो जग बसाल्ने कार्य भयो ।

विशेष गरि निर्वाचीत भएपछि सबैको साझा ब्यक्तीत्वको रुपमा आफ्ना काम कारवाहीलाई अगाड बढाउनु भएको मेयर थापाले पहिलो कार्यकालको पाँच वर्षमा भौतीक पूर्वाधारमा ठूलो फड्कै मार्न सफल हुनुभयो ।

दोस्रो पटक २०७९ सालमा भएको निर्वाचनमा पनि मेयर थापाले पहिलो कार्यकालमा गर्नु भएको राम्रा कामकै कारण सबैको रोजाईमा पर्नुभयो र पुनः विजयी हुनुभयो ।

दोस्रो कार्यकालमा निर्वाचीत भएपछि यसअघिका अधुरा योजना पूरा गर्दै नमूना र उदाहरणीय कार्य गर्दै अगाडि बढिरहनु भएको छ ।

संघीयता कार्यान्वयनमा आएपछि बनेको स्थानीय तह अन्तर्गत सूर्यविनायकमा दोस्रो कार्यकाल गरि हालसम्म आठ वर्ष नेतृत्व गरिसक्नु भएको छ । थापाको नेतृत्वमा हालसम्म १८९ औं कार्यापालिका बैठक र १८ औं अधिवेशन सर्वसम्मत पारित भएका छन् ।

त्यस्तै, नगरपालिका यो अवधिमा १५५ किलोमिटर पक्की नाली सहितको कालोपत्रे सडक, मोटरेबल पुल ४१ वटा, सडक बत्ती ६ हजार ५ सय वटा गरि सबै वडा केन्द्रहरु स्तरीय सडक संजालमा जोड समग्र दिगो पूर्वाधार विकासमा ठूलो फड्को मार्न सफल भएको छ ।

शिक्षा क्षेत्रमा पहिलो पटक सामुदायिक विद्यालयका प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरि सबैलाई पाठ सिकाउनु भयो । नगरपालिकाले शूरु गरेको सो कार्यको देशका सबै स्थानीय तहमा लागू भयो । पछिल्लो दुई वर्षे समिक्षा गर्दा सामुदायिक विद्यालयमा शैक्षीक गुणस्तर अभिवृद्धि सँगै विद्यार्थी संख्या बढेको पाईएको छ ।

 

नगरभित्र सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएपछि गुणस्तरमा सुधार भई विद्यार्थीको संख्या बढ्दो रहेको पाईएको हो ।

नगर प्रमुख थापा उपत्यका मेयर्स फोरमको उपाध्यक्ष पनि हुनुहन्छ । फोरमबाट समेत संस्थागत निर्णय भएपछि नेपाल सरकारले नै नीति तथा कार्यक्रममा नै समावेश गरेर देशैभर खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्त गर्ने कार्यको थालनी गरियो ।

नगर प्रमुख थापा दोस्रो कार्यकालमा निर्वाचीत हुनु भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा नगर प्रमुख थापाको नेतृत्वमा थुप्रै काम भएका छन् । नगर प्रमुख थापाले पछिल्लो समय शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर अगाडि बढिरहनु भएको छ।

आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचको लागि बिशेषज्ञ सुविधा सहितको नगर अस्पतालको सेवा विस्तार गर्ने कार्य गरिएको छ । नगर अस्पतालमा अपरेशन थ्रिएटर संचालन ल्याइएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेटको ठूलो हिंस्सा नगर अस्पतालको लागि छुट्याएको छ । आधारभूत स्वास्थ्य सेवामा नागरिकको सरल, सहज र सर्वसुलभ पहुँच सहित सुरक्षित मातृशिशुको सुनिश्चितताको लागि शल्यकृया सहितको प्रसुती सेवाको साथै विशेषज्ञ शल्य चिकित्सा सुविधासहित ५० शैप्याको नगर अस्पताल संचालनको लागि १७ करोड ९५ लाख बजेट छुट्याइएको हो ।

 

नगरपालिकाले वडा नंं १ देखि ६ सम्मका वडाबासीलाई मेलम्चीको खानेपानी वितरण गरी घरघरमा पुर्याउने कार्य भइरहेको छ । त्यस्तै, उक्त वडाहरुमा खानेपानीको सम्पूर्ण जिम्मा उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गर्ने गरि अगाडि बढिएको छ । यसले नगरबासीलाई दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न सहयोग पुग्नेछ ।

त्यस्तै, भक्तपुरको जगातीमा साँघुरो कोठाबाट सेवा शुरु गरेको सूर्यविनायक नगरपालिका आफ्नै सुविधासम्पन्न नयाँ प्रशासकीय भवनमा सरेपछि सेवा सञ्चालन प्रभावकारी बन्दै गएको छ । यसले गर्दा नगरपालिकाको करोडौ रकम बचत भई अन्य विकास निर्माणमा लगानी गर्न सहयोग पुगेको छ ।

नगर प्रमुख थापा एमालेबाट निर्वाचित भएर आएपनि जनप्रतिनिधिका रूपमा काम गर्दै नगरबासीको साझा नेतृत्व गरिरहनु भएको छ ।

 

‘राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्र्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै निस्पक्ष ढंगले निर्णय गर्दै आउनु भएको मेयर थापा सिंगो जनप्रतिनिधि एकढिक्का भई अगाडि बढेकै नगरपालिकालाई सफलतापूर्वक हाँक्न सफल हुनु भएको हो । साथै उहाँले बाँकि कार्यकालमा अधुरा योजना पूरा गरेरै छाड्ने अठोट समेत गर्नु भएको छ ।

 

 


प्रकाशित | १७ असार २०८२, मंगलवार १८:४५