चाँगुनारायण नगरपालिका उपप्रमुख बुढाथोकीद्धारा एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान

कमलविनायक । : चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गर्नु भएको छ । उपप्रमुख बुढाथोकीले बिहीबार एक कार्यक्रमको आयोजना गरि एसईई २०८१ मा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको हो ।

आफूले पाउँदै आएको सेवा सुविधा सामाजीक कार्य विशेष गरि सामुदायिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको लागि खर्चीदै आउनु भएको उपप्रमुख बुढाथोकीले यो वर्ष नगरभित्र उत्कृष्ठ नतिजा प्राप्त भएकोमा खुसी ब्यक्त गर्नुहुँदै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो ।

नगरपालिकाले शैक्षीक क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्दै आएको बताउनुहुँदै आगामी दिनमा अझ बढी ब्यवस्थित र गुणस्तर अभिबृद्धिमा लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष बचन देउजाले चाँगुनारायण नगरपालिकाको एक सामुदायीक विद्यालयबाट आर्थिक अवस्था निकै कमजोर हुँदाहुँदै पनि ४ जिपीए ल्याई उत्कृष्ठ हुन सफल गोमा श्रेष्ठलगायत सबैमा बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थीहरु सहभागि हुनुहुन्थ्यो ।

चाँगुनारायण नगरभित्रका सामुदायिक विद्यालयबाट ३.६ देखि ४ जिपीए प्राप्त गर्ने ३७ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

चाँगुनाराण नगरपालिकामा १४ वटा सामुदायिक विद्यालयका ४०९ जना विद्यार्थी परिक्षामा सामेल भएका थिए । त्यसमध्ये तीन वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् भने ३.६ देखि ४ जिपीए ल्याउने विद्यार्थीको संख्या ३७ जना रहेको छ ।


प्रकाशित | १९ असार २०८२, बिहीबार २२:३६