सवारी चालक अनुमतिपत्र १० वर्षका लागि, यातायात व्यवसायी हर्षित

काठमाडौं, साउन १८ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष कायम भएसंगै यातायात व्यवसायी हर्षित बनेका छन् । सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको ५ वर्षे अवधिलाई बढाएर १० वर्ष पुर्‍याइएको हो। नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ र ५६ को उपदफा ३ संशोधन गर्दै २०८२ साउन १४ गतेदेखि लागू हुने गरी यो नयाँ व्यवस्था ल्याएको हो।

 

अबदेखि नयाँ लाइसेन्स बनाउँदा वा म्याद सकिएको लाइसेन्स नवीकरण गर्दा सिधै १० वर्षको म्याद दिइनेछ। यसले बारम्बार लाइसेन्स नवीकरणको झन्झट हटाउने र समय तथा पैसाको बचत हुने  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनु भयो । सरकारको यो निर्णयलाई यातायात क्षेत्रले सकारात्मक रुपमा लिएको छ।


प्रकाशित | १९ श्रावण २०८२, आईतवार १४:०३