सन् २०२५ बालबालिकाका लागि कठिन वर्ष, २१ करोडभन्दा बढीलाई मानवीय सहायता आवश्यक

काठमाडौं । विश्वव्यापी रुपमा बालबालिकाहरूका लागि यो वर्ष निकै चुनौतीपूर्ण वर्ष हुने एक अध्ययनले देखाएको छ । सशस्त्र द्वन्द्व, जलवायु संकट र आर्थिक अस्थिरताको प्रत्यक्ष प्रभावमा बालबालिकाहरु परिरहेको सेभ द चिल्ड्रेनको पछिल्लो अध्ययनले देखाएको हो ।

अध्ययन अनुसार २१ करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायता आवश्यक पर्नेछ। रहेका छन्। यस्तै १२ करोडभन्दा बढी मानिस विस्थापित हुनेछन्, जसमा ८ करोड युद्ध र हिंसाबाट भागेका हुनेछन्। जलवायु परिवर्तनका कारण बाढी, डढेलो, गर्मी लहर र खडेरीजस्ता प्राकृतिक प्रकोपहरू बढ्दै गएका छन्, जसबाट विश्वका आठमध्ये एक बालबालिका प्रभावित भएको विभिन्न अध्यनहरुले देखाएका छन् ।

सार्वजनिक सेवा क्षेत्रमा लगानीको अभावले स्वास्थ्य, शिक्षा र पुनःस्थापनामा असर पार्ने देखिन्छ। यस्ता चुनौतीबीच पनि बालबालिकाले देखाउँदै आएको साहस र लचिलोपन भने प्रेरणादायी छ।


प्रकाशित | २० श्रावण २०८२, सोमबार १०:४५