काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तोकिएको मितीभित्र अनिवार्य रूपमा सदस्यता नवीकरण, तथा नयाँ सदस्यता लिन संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई आग्रह गरेको छ ।
महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी कार्तिक १४ गते हुँदैंछ । सोही महाधिवेशनका लागि यहि साउन २८ गतेभित्र सदस्यता नवीकरण, तथा नयाँ सदस्यता लिन महासंघले आग्रह गरेको हो । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन सूचना जारी गर्दै आए पनि अझै केही सदस्यहरूले प्रक्रिया पूरा नगरेको भन्दै तोकिएको समयभित्र सम्पूर्ण काम सक्न आग्रह गरेको छ। तोकिएको समयसीमा नाघ्ने संघ-संस्था तथा कम्पनीहरू जिल्ला, प्रदेश र महाधिवेशनमा सहभागी हुन नपाउने समेत स्पष्ट पारेको छ ।
महाधिवेशनमा महासंघको विधान संशोधन प्रस्ताव समेत पेश गरिने र त्यसपछि महासंघको एकता प्रक्रिया महाधिवेशनकै निर्णयअनुसार अघि बढाइने सुचनामार्mत जानकारी दिइएको छ ।
प्रकाशित | २३ श्रावण २०८२, बिहीबार ०९:५६

