काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ वटा हिमालमा आगामी दुई वर्षका लागि निःशुल्क आरोहण गर्न पाईने भएको छ । पर्यटन प्रवद्र्धन र दुर्गम क्षेत्रको सम्भावना उजागर गर्ने उद्देश्यसहित ल्याइएको सो योजना सेप्टेम्बरदेखि लागू हुने पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिनु भयो । तथापी कोही इच्छुक रहेको खण्डमा यो महिनामा पनि निःशुल्क आरोहणको व्यवस्था रहेको उहाँले बताउनु भयो ।
कर्णाली र सुदूरपश्चिममा निःशुल्क रुपमा खुलाइएका ती हिमालहरूको उचाइ ५,९७० मिटरदेखि ७,१३२ मिटरबीचका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि कठिन पहुँचका कारण पर्यटक र पर्वतारोहीको संख्या न्यून छ । ती क्षेत्रहरुको प्रर्वद्र्धनका लागि निःशुल्क आरोहणको व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाई छ ।
सो पहलले रोजगारी सिर्जना, आय वृद्धि र स्थानीय अर्थतन्त्र मजबुत बनाउन योगदान पु¥याउने पर्यटन विभागका निर्देशक तथा सुचना अधिकारी अवस्थीले बताउनु भयो ।
प्रकाशित | २८ श्रावण २०८२, मंगलवार १२:३४

