काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनका लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने आज अन्तिम म्याद रहेको छ । छुटेकाहरुले आजै अनिवार्य रूपमा सदस्यता नवीकरण, तथा नयाँ सदस्यता लिन संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आग्रह गर्नु भएको छ ।
महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी कार्तिक १४ गते हुँदैंछ । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन सूचना जारी गर्दै आए पनि अझै छुटेकाले आज अन्तिम दिन सम्पूर्ण काम सक्न आग्रह गरेको छ ।
अब म्याद थप्ने कुनै तयारी नभएकाले आज नै अन्तिम दिन भएकाले समयको सदुपयोग गर्न उहाँले आग्रह गर्नु भयो । तोकिएको समयसीमा नाघ्ने संघ–संस्था तथा कम्पनीहरू जिल्ला, प्रदेश र महाधिवेशनमा सहभागी हुन नपाउने समेत स्पष्ट पारेको छ ।
प्रकाशित | २९ श्रावण २०८२, बुधबार १२:२०

