धुलिखेलमा २३ करोडको आधुनिक हक्की स्टेडियम बन्ने, नगरपालिका र एशोसिएसनबीच सम्झौता

धुलिखेल, साउन २९:  धुलिखेल नगरपालिका र नेपाल हक्की एशोसिएसनबीच २३ करोड रुपैयाँ लागतमा आधुनिक हक्की स्टेडियम निर्माण गर्ने सम्झौता भएको छ।

धुलिखेल नगरपालिका वडा नंं १२ सन्खुस्थित चिसापानीमा निर्माण हुने स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार भइसकेको छ। निर्माणका लागि आवश्यक जग्गा धुलिखेल नगरपालिकाले उपलब्ध गराउने छ।

सम्झौताअनुसार, स्थानीयस्तरमा खेलकुद प्रतिभा विकासका लागि संजिवनी माध्यमिक विद्यालय र संखेश्वरी माध्यमिक विद्यालयमा महिला र पुरुष दुवैका लागि हक्की प्रशिक्षण सञ्चालन गर्ने पनि सम्झौता भएको नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।

नगरपालिका र एशोसिएसनका प्रतिनिधिहरूले स्टेडियम निर्माणले स्थानीय खेलकुदस्तर उकास्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाउने विश्वास व्यक्त गरेका छन्।

May be an image of football and grass

May be an image of 8 people, dais and text

May be an image of 10 people and newsroom

May be an image of 3 people and textMay be an image of 12 people and text


प्रकाशित | ३० श्रावण २०८२, बिहीबार १९:३३