नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनका लागि जिल्ला अधिवेशन सुरु, मोरङमा लिला हरी घिमिरेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी कार्तिक १४ गते हुने सातौँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप देशभर जिल्ला अधिवेशन सुरु भएको छ ।
मोरङ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट लिला हरी घिमिरेको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ ।
मोरङपछि मकवानपुरमा पनि अधिवेशन भइरहेको छ । ७७ वटै जिल्लामा अधिवेशन हुनेछ । जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन सम्पन्न हुने महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

नेतृत्व क्षमता भएको, काम गर्न सक्ने र यातायात क्षेत्रका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई मत दिन उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय महासंघमा प्रतिनिधिको संख्यामा समेत वृद्धि भएको उल्लेख गर्दै उहाँले महाधिवेशनलाई सफल बनाउन सरोकारवाला सबैलाई सक्रिय सहभागी बन्न आग्रह समेत गर्नुभयो ।


प्रकाशित | ३ भाद्र २०८२, मंगलवार १६:३४