काठमाडौं – सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनु भएको छ । वरिष्ठ अधिवक्ता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त हुनु भएको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति कार्यालयले भण्डारीलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेको हो।
यसअघि रमेश बडालले आजै महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको थियो । उहाँको राजीनामालाई स्वीकृत गर्दै सरकारले तुरुन्तै भण्डारीको नाम सिफारिस गरेको थियो ।
महान्यायाधिवक्ता राष्ट्रको प्रमुख कानुनी सल्लाहकारका रूपमा काम गर्ने संवैधानिक पद हो।

प्रकाशित | २९ भाद्र २०८२, आईतवार १९:१२

