ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिनु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कानूनी सल्लाहकार समेत रहनु भएको अधिवक्ता अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको हो । उहाँ नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभियानमा सक्रिय हुनुहुन्छ ।

गुल्मीको इस्मा घर भएका अर्यालले जेनजी आन्दोलनको वार्तामा शूरुदेखि सहभागि हुनुहुन्थ्यो । विशेष गरि बालेनको प्रतिनिधिको रुपमा उहाँले वार्तामा प्रतिनिधित्व गर्दै आउनु भएको थियो ।


प्रकाशित | २९ भाद्र २०८२, आईतवार २२:२६