कुलमान घिसिङलाई भौतीक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले तीन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी दिनु भएको हो । घिसिङले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, सिँचाइ र जलस्रोत, र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

तयस्तै, अर्थमन्त्रीमा पूर्वअर्थ सचिवसमेत रहनु भएको रामेश्वर खनाललाई जिम्मेवारी दिइएको छ भने गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाउनु भएको छ । मन्त्रीपरिषद्मा बढीमा ७ जना मन्त्री बनाउने तयारी छ ।


प्रकाशित | २९ भाद्र २०८२, आईतवार २२:४०