काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिनु भएको हो ।
खनाल अर्थ प्रशासनका विज्ञ मानीनुहुन्छ। अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहँदा खनालले आर्थिक सुधारको पक्षमा निरन्तर काम गर्दै आउनु भएके छ ।
उहाँले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गर्नु भएको थियो । त्यसअघि २३ साउन २०६३ देखि उहाँले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गर्नुभयो ।
अर्थ मन्त्रालयबाट निवृत्त भएपछि खनालले अध्ययन, अनुसन्धान, परामर्श, प्राध्यापनलगायतका भूमिका निर्वाह गरिरहनु भएको छ । अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष भएर काम गर्नु भएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा खनालले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गर्नु भएको थियो ।
प्रकाशित | २९ भाद्र २०८२, आईतवार २३:०३

