दसैं तिहार लगायत मुख्य पर्वका लागि सुकिला नोट सटही सुरु

काठमाडौं । दसैं तिहार लगायत मुख्य पर्वका लागि सुकिला नोट सटही सुरु भएको छ । सुकिला नोट सटही आगामी असोज १० गतेसम्म जारी रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौंको थापाथलीस्थित बैंकको मुद्रा व्यवस्थापन विभाग, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालय तथा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नोट सटही सेवा लिन सकिने बैंकले जनाएको छ ।

बैंकले प्रत्येक वर्ष दसैंको समयमा नयाँ नोट प्रयोगमा ल्याएपनि केही वर्षदेखि भने सुकिला नोट मात्रै वितरण गर्दै आएको छ ।


प्रकाशित | ३० भाद्र २०८२, सोमबार ०८:४७