काठमाडौं । नेपालको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुईतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताउनु भएको छ । सोमबार एक वक्तव्य जारी गर्दै डा. रुइतले आफूलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरे पनि आफू बिरामीकै सेवामा लाग्ने बताउनु भएको हो । उहाँले आफू राजनीतिभन्दा बाहिर रहेर नेपाली जनताको हितका लागि निरन्तर काम गर्न इच्छुक रहेको स्पट पार्नु भयो ।
“जेन–जि आन्दोलनका क्रममा सहभागी केही नागरिकहरूको निधनप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । भदौ २३ र २४ गतेका दिन भएको घटनालाई लिएर डा. रुईतले एक सार्वजनिक सन्देश जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
लामो चिकित्सकीय यात्रामा जनताले दिएको साथ र मायाप्रति उहाँले आभार व्यक्त गर्नु भएको छ । अब सबै एक जुट भएर देश बनाउनु पर्नेमा उहाँको जोड छ ।

प्रकाशित | ३० भाद्र २०८२, सोमबार १६:५२

