काठमाडौं : सरकारले २५ भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व बुझाउने समयसीमा एक महिना थप गर्ने निर्णय गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क र विलासिता शुल्कको विवरण तथा सम्बन्धित कर रकम २५ असोजसम्म बुझाउन सकिने व्यवस्था गरेका हुन्।
२३ र २४ भदौमा देशभर लागू गरिएको कर्फ्यू तथा निषेधाज्ञाका कारण कार्यालयहरू बन्द हुँदा करदाताहरूले विवरण पेस गर्न तथा कर बुझाउन असमर्थ भएको भन्दै मन्त्रालयले समय थप गरेको हो।
मन्त्रालयका अनुसार, उक्त थप गरिएको अवधिभित्र विवरण पेस गरिएमा र कर बुझाएमा कुनै पनि प्रकारको जरिवाना, थप शुल्क वा दस्तुर लाग्ने छैन।

प्रकाशित | ३१ भाद्र २०८२, मंगलवार २०:०३

