संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको गभर्नर पौडेलको खुलासा

काठमाडौं — संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो परिणामा पैसा र सुन लुटपाट भएको रहस्य खुलेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले एक चर्चित पडकास्टमार्फत बैंक शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको खुलासा गर्नु भएको हो ।

गभर्नर पौडेलका अनुसार बैंकबाट लुटिएको सम्पत्तिको मूल्य लगभग ३८ करोड रुपैयाँ बराबरमा पुग्ने अनुमान गरिएको छ। हाल घटनास्थलको सिसिटिभी फुटेज अनुसन्धान हुँदैछ र आवश्यक अनुसन्धान तीव्र गतिमा अघि बढाइएको छ। संसद् भवन जस्तो उच्च सुरक्षा भएको क्षेत्रमा यति ठूलो लुटपाट हुनु आफैंमा अकल्पनीय मानिएको छ।

आन्दोलनको क्रममा ६८ वटा बैंक शाखा कार्यालयहरूमा आक्रमण भएका थियो भने ६९ वटा एटिएम मेसिनहरूमा क्षति पुगेको गभर्नर पौडेलको भनाइ छ। तर पनि राष्ट्र बैंकले समन्वय गरेर देशभरका पेमेन्ट प्रणालीहरूलाई सञ्चालनमै राख्न सकेको बताइएको छ।

 


प्रकाशित | १ आश्विन २०८२, बुधबार १७:२७