असोज महिनाका लागि अधिकांश वाणिज्य बैकहरुले घटाए ब्याजदर, कुनमा कति ?

काठमाडौं, असोज १ — असोज १ गतेदेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसपटकको ब्याजदर समायोजनमा अधिकांश बैंकहरूले ब्याजदर घटाउने निर्णय लिएका छन् भने केही बैंकले यथावत् दर कायम राखेका छन्।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्रत्येक महिना ब्याजदर संशोधन गर्नुपर्ने व्यवस्था अन्तर्गत बैंकहरूले असोज महिनाको लागि ब्याजदर तालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणअनुसार वाणिज्य बैंकहरूमध्ये ९ वटा बैंकले ब्याजदरमा केही घटाएका छन् भने २ बैंकले ब्याजदर वृद्धि गरेका छन्। बाँकी बैंकहरूले भने अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.५० प्रतिशतले ब्याजदर घटाएको छ। यस्तै, सिटिजन बैंकले ०.२५, कृषि विकास बैंकले ०.५, एनआइसी एशिया बैंकले ०.२५, प्राइम कमर्सियल बैंकले ०.५०, नेपाल बैंकले ०.१५, कुमारी बैंकले ०.२०, नेपाल एसबिआई बैंकले ०.२७ र एभरेष्ट बैंकले ०.५० प्रतिशतले ब्याजदर घटाएका छन्।

दोस्रोपटक केही फरक निर्णय लिँदै स्टान्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंकले भने ब्याजदरमा वृद्धि गरेका छन्। यी दुई बैंकले मुद्दती निक्षेपमा ग्राहकलाई आकर्षित गर्न उच्चतम ब्याजदर बढाएका हुन्।


प्रकाशित | १ आश्विन २०८२, बुधबार २०:०७