काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष ०८१र०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्।
अख्तियारले प्रतिवेदनमा सातै प्रदेशका कति स्थानीय तहबाट धेरै उजुरी परेको छ भन्ने पनि उल्लेख गरेको छ। जसमा सबैभन्दा बढी उजुरी पर्ने दस पालिकाको नाम पनि उल्लेख गरिएको छ । त्यसमा काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका तथा उपमहानगरमा जनकपुर रहेका छन् ।
आयोगका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै उजुरी परेको छ। बागमतीमा ११ हजार २७७ वटा, मधेसमा ९ हजार ६६८ वटा, लुम्बिनीमा ४ हजार ४२८ वटा, कर्णालीमा २ हजार २२६ वटा उजुरी परेका छन्।
त्यस्तै कोसीमा ३ हजार २९४ वटा, गण्डकीमा २ हजार ४१३ वटा, सुदूरपश्चिममा २ हजार ६१६ वटा उजुरी वरेको छ।
यी हुन सबैभन्दा बढी उजुरी पर्ने पालिकाहरु
प्रकाशित | ५ आश्विन २०८२, आईतवार १९:४१

