जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं : सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनु भएको छ । आयोगलाई तीन महिनाको समय दिइएको जनाइएको छ ।

 

 


प्रकाशित | ५ आश्विन २०८२, आईतवार २०:०७