काठमाडौं : सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
त्यस्तै, ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय पनि गरिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले १ हजार ३ सय वटा टुक्रे आयोजना हटाउँदा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको स्रोत जुट्ने बताउनुभयो । उहाँले सरकारको प्राथमिकता अब दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण र निर्वाचन तयारीतर्फ केन्द्रीत हुने स्पष्ट पार्नुभयो।
प्रकाशित | ५ आश्विन २०८२, आईतवार २०:५१

