काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले अत्यन्तै छोटो अवधिमा विगतका भ्रष्टाचारसम्बन्धी गतिविधिहरूको स्पष्ट जानकारी प्राप्त गरिसकेको बताउनु भएको छ । राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारप्रति सरकार गम्भीर रहेको जनाउँदै आवश्यक छानबिन प्रक्रिया अघि बढाइने र दोषीलाई कानून बमोजिम कारबाही हुने बताउनुभयो ।
उहाँको सम्बोधनमा देशबाहिर रोजगारीको सिलसिलामा रहनुभएका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने सम्भावनाबारे निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी गराउनुभयो।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित जीवन, रोजगार सुरक्षा तथा उनीहरूको हकहित संरक्षणमा सरकार दृढ रहेको उल्लेख गर्दै गैरआवासीय नेपाली नागरिकहरूले संविधानसम्मत रूपमा उठाएका मागप्रति समेत सकारात्मक दृष्टिकोण रहेको स्पष्ट पार्नुभयो।
प्रकाशित | ९ आश्विन २०८२, बिहीबार २१:३४

