काठमाडौं : नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला कमिटीको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य अशोक कुमार ब्याञ्जुलाई दिएको छ। पार्टीको सचिवालय बैठकले आगामी निर्वाचनसम्मका लागि जिल्लास्तरको संगठनात्मक कामको संयोजन गर्न इञ्चार्ज तोक्ने निर्णयअनुसार ब्याञ्जुलाई काभ्रेको जिम्मेवारी दिइएको हो। ब्याञ्जु धुलिखेल नगरपालिकाको नगर प्रमुख समेत हुनुहुन्छ ।
एमालेले वागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेक अन्य १० जिल्लामा चुनाव केन्द्रित संगठनात्मक कामलाई प्रभावकारी बनाउन इञ्चार्ज तोकेको छ। यसअघि नै सचिवालय बैठकले वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी सचिव महेश बस्नेतलाई दिइसकेको छ।
एमालेले संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउन जिल्लागत इञ्चार्जमार्फत समन्वय गर्ने जनाएको छ।
यी हुन् वागमती प्रदेश अन्तर्गत जिल्ला संयोजन गर्ने एमालेका इञ्चार्जहरु :
सिन्धुली – प्रदीप कटुवाल
रामेछाप – माधव ढुङ्गेल
काभ्रेपलाञ्चोक – अशोक ब्याञ्जु
सिन्धुपाल्चोक – सुवास कर्माचार्य
धादिङ – भूमि त्रिपाठी
दोलखा – पार्बत गुरुङ
नुवाकोट – केशब पाण्डे
रसुवा – प्रेम तामाङ
मकवानपुर – रामेश्वर राना
चितवन – देवी ज्ञवाली
पार्टी नेतृत्वले तोकिएका इञ्चार्जमार्फत जिल्लागत संगठन चलायमान बनाउँदै आगामी निर्वाचनमा बलियो उपस्थितिको तयारी गर्ने अपेक्षा गरेको छ।
प्रकाशित | २२ पुष २०८२, मंगलवार २०:०३

